ट्राफिक कार्यलयमा पुग्दा सुनसान ट्राफिक प्रहरी पोष्ट

नेपालगन्ज,माघ २२-

नेपालगंज स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्रामा कार्यरत ट्राफिक प्रहरीहरु विटमा नबसी अन्यत्र घुम्ने गरेको पाइएको छ। ट्राफिक प्रहरी पोष्टमा आफ्नो ड्युटीको जिम्मवारी यहाँका ट्राफिक प्रहरीले पुरा नगरेको स्थानीय सर्वसाधारणको आरोप छ ।

स्थानियको गुनासोलाई मध्यनजर गरि मंगलबार उक्त कार्यलयमा केही मिडियाका सन्चारकर्मीहरु पुगेका थिए। ट्राफिक प्रहरी पोष्टमा कोही नबसेको सम्वन्धमा जिज्ञासा लिन खोज्दा सो पोष्टका हवल्दार हिरा वस्यालले उल्टै संचारकर्मीहरुमा माथि आक्रोशित हुदै चर्का चर्की गरेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि जिम्मेवारी सहित खटिएका ट्राफिक प्रहरीहरुको यस्तो व्यवहारबाट मुस्कान सहितको सेवा दिने प्रहरी नारालाई पनि उपेक्षा गरेको देखिन्छ ।