स्वतन्त्र उम्मेदवार पाठकको तिब्र चुनाबी अभियान

खजुरा,कार्तिक,२५-

बाँके क्षेत्र नं. ३ प्रदेश सभा ख का स्वतन्त्र उम्मेदवार बिजय पाठकले आफनो चुनाबी अभियानलाई तिब्र पारेका छन । अभियान अन्र्तगत उनले मतदाता भेटघाट र पर्चा पम्पलेट बितरणलाई पनि तिब्रता दिएका छन । चुनाबी अभियान अन्र्तगत परसपुर र खजुरामा सम्पर्क कार्यालय स्थापना गरी उनी मतदाता भेटघाटमा ब्यस्त छन ।

परसपुर, जयसपुर साईगाँउ ईन्द्रपुर बेलहरी गनापुर लगाएतका मतदाताहरु संघ घर दैलो सकिसकेका पाठक शनिवार देखी खजुरा गाउँपालीकाको १ देखी ४ नं. वडाका मतदाताहरु संग घरदैलो भेटघाटमा ब्यस्त रहेको बताए ।

चुनाब सम्म सबै मतदाताको घरघरमा पुग्ने बताएका पाठकले माओबादी केन्द्रले अन्तिम अबस्थामा आएर आफुलाई धोका दिएका कारण बागि उम्मेदवार उठेको बताएका छन । आफु स्वतन्त्र उम्मेदवार रहेपनि जित हारलाई सहर्ष स्विकार गर्ने उनले बताए । खजुरा क्षेत्रका मतदाताले आफुलाई बिश्वास गरे आफनो जित सुनिश्चित रहेको उनको दाबी छ ।

परसपुर निवासी पाठकले मधेसी बाहुल्य रहेको क्षेत्रमा आफनो अन्य उम्मेदवारको तुलनामा राम्रो पकट भएको बताउँदै खजुरा क्षेत्रका मतदाताको मत आएमा जित सुनिश्ति रहेको दाबी गरे । खजुरा आफनो कार्यक्षेत्र पनि भएकोले खजुरा क्षेत्रका मतदाताले आफुलाई मत दिने पाठकको बिश्वास छ ।