धनगढीको तापक्रम ४३.३६ डिग्री पुग्यौ, २८ वर्षपछि कै उच्च तापक्रम

धनगढी,जेठ,१६-कैलालीको धनगढीमा २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ।बुधवार धनगढीको तापक्रम ४३.३६ डिग्री मापन गरिएको हो।

मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा जानकारी दिनुभयो।

धनगढीमा गत वर्ष भने उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो।यस वर्ष धनगढीमा ह्वात्तै गर्मी बढे पछि सर्वसाधारण निकै समस्यामा परेका छन्।

आगामी दिनमा अझै गर्मी बढ्न सकिने आँकलन गरिएको छ।यो गर्मीमा राम्रो संग विद्युत आपुर्ती हनुदा र बेला बेला लोडसेडिङ भैईरहदा सर्वसाधारण झनै समस्यामा पर्ने गरेका छन् ।