नागोया फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने

फाईल तस्विर !!

टोकियो,जापान,जेठ,२०-जापानको नागोयामा दुई दिने नागोया फेस्टिवल हुने भएको छ।

गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति नागोया र अन्य विभिन्न संघ संस्थाको सहकार्यमा यही जुन ८ र ९ तारिख शनिवार र आईतवारका दिन नागोया फेस्टिवलको आयोजना गर्न लागिएको छ।

आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने उद्देश्यले फेस्टिवलको आयोजना  गर्न लागेको जनाएको छ।

फेस्टिवलमा एक दर्जन बढी नेपाली रेष्टुरेण्टमा नेपाली संस्कृती परम्परा अनुसारका स्वादिष्ट खाना र जापानीज परम्पराका खानाहरुको स्वाद लिन पाईने छ।

फेस्टिवलमा विभिन्न किसिमका संस्कृती झल्किने सांगितीक कार्यक्रम पनि हुने आयोजक जनाएको छ।

यता :“जापान रेमिट फाईनान्सले” नागोया फेस्टिवलमा आएर पनि जेआर एफ (JRF) को सदस्य (Member) बन्न सकिने बताएको छ।फेस्टिवलमा जापान रेमिट फाईनान्सको १३ नम्बर स्टलमा आएर मेम्बर बन्दा कसैले पनि खाली हात फर्किनु नपर्ने र अन्य धेरै कुराहरुको पनि फाईदै फाईदा हुने जापान रेमिट फाईनान्सले जनाएको छ।

यस रेमिटले जापानमा विगत एक दशक भन्दा बढी समय देखी उच्च विनिमय दरमा १६४ मुलुकका नागरिकलाई सेवा दिदै आईरहेको छ।

यस फेस्टिवलबाट अझै बढी भन्दा बढी नयाँ सदस्य बनाउने  र सबैलाई “रेमिट गरौं” भन्ने सन्देश दिने अपेक्षा राखेको “जापान रेमीट फाईनान्सले”जनाएको छ।

नागोया फेस्टिवल जुन ८ र ९ तारिख शनिवार र आईतवारका दिन नागोयाको नाकाकु साकाई हिसाया हिरोबा भन्ने स्थानमा हुने आयोजकले जनाएको छ।