मेस्सी र एमबाप्पे चम्किदा पिएसजी संग ब्रुग क्लव ४-१ ले पराजित

फाईल तस्विर !!

एजेन्सी,मंसिर,२१-लिओनेल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेपछि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूहको अन्तिम खेलमा क्लब ब्रुगलाई ४-१ ले पराजित गरेको छ ।

ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाएपनि रिबाउन्डलाई एमबाप्पेले गोलमा परिणत गरेका थिए । उनले ६ यार्ड बक्स नजिकबाट डिफेन्डर र गोलरक्षकलाई बिट गरेका थिए ।

त्यसको ५ मिनेटपछि नै एमबाप्पेले घरेलु टोली पिएसजीको अग्रता दोब्बर पारे । एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट खेलेको चलाखीपूर्ण पासलाई एमबाप्पेले भलीमार्फत गोल गरेका थिए । खेलको ३७ औं मिनेटमा लिओनेल मेस्सीले गोल गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मिग्नोलेटले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६७ अ‍ौं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले बराबरी गोल फर्काए । काउन्टर अट्याकमा बढेको आक्रमणलाई उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमम गोल गर्दै खेलमा फर्काउने आशा जगाएका थिए ।

तर ७६ अ‍ौं मिनेटमा पिएसजीले पेनाल्टी पायो । मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे ।

यस जितका बाबजुद पिएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पिएसजीले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसहित ११ अंक जोड्दै दोस्रो रहयो । क्लब ब्रुगा भने ६ खेलमा ४ अंकसहित पुछारमा रहयो । यस समूहबाट म्यानचेस्टर सिटी शीर्षस्थानमा रहँदै नकआउट चरण पुग्दा आरबी लाइप्जिग तेस्रो हुँदै युरोपा लिगमा पुग्यो ।हाम्रो खेलकुदबाट