नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड सम्पन्न

राम सुनाम/

नेपालगन्ज,पौष,१-

नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड आज सम्पन्न भएको छ । शान्ति, विकास र सम्बृद्धिका लागि सुशासन भन्ने मुख्य नाराका साथ नेपालगन्जमा भ्रष्टाचार विरुद्धको सचेतना दौड कार्यक्रमको आयोजना गरिएको हो ।

बास नेपालगन्जको सहकार्यमा वातावरण तथा बाल अधिकार संरक्षण केन्द्र (ईमप्रोक) ले मैत्रीपूर्ण दौड कार्यक्रमको आयोजना गरेको हो । दौड नेपालगन्जको राझाँ चौकबाट सुरु भएर बि.पी.चौकमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै ईमप्रोकका अध्यक्ष तेज बिक्रम शाह र बासका कार्यकारी निर्देशक नमास्कार शाहले भ्रष्टाचार बिरुद्ध एकजुट हुन तथा एक्यिबद्धता जनाउन आग्रह समेत गर्नुभएको थियो ।

बास नेपालगन्जका कर्मचारी तथा स्वयमशेवक , सेम थोमस, युनाइटेड र होलि ल्याण्ड स्कुलका बिध्यार्थी तथा शिक्षकहरु र ईमप्रोकका सदस्यहरु सहभागी भयको उक्त दौडमा करिव सयजना सहभागीको सहभागीता रहेको थियो ।