पिएसजी संग उरावा रेड डायमण्ड ३-० गोलले पराजीत

पिएसजीले तेस्रो खेल २५ तारिख गम्बा ओसाका फुटबल क्लव संग खेल्ने

फाईल तस्विरमा : एमबाप्पे

टोकियो,जापान,साउन,७-पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले उरावा रेड डायमण्डलाई ३-० गोलले हराएको छ ।

जापान भ्रमणमा आएको पिएसजीले आज शनिवार साईतामा स्थित उरावा रंगशालामा भएको प्रि-सिजनको खेलमा उरावा रेड डायमण्डलाई हराएको हो । 

पिएसजीका लागि साराबियाले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।त्यसपछि ३५ औं मिनेटमा एम्बाप्पेले थप एक गोल गर्दै टिमलाई २-० को स्थितीमा पुर्याएका थिए ।

दोस्रो हाफको ७६ औं मिनेटमा पिएसजीका अर्नाउड कालिमुएन्डोले गोल गर्दै टिमलाई ३-० को अग्रता बनाएका थिए । स्मरण रहोस् कालिमुएन्डोले खावासाकी विरुद्ध पनि गोल गरेका थिए । 

फाईल तस्विरमा : मेस्सी

यस्तै उरावा रेड डायमण्डले निर्धारित खेलको समय सकिदा १७ सुट हाने पनि पोष्टको दिशा दिन भने सकेन ! खेलको अवधीभर उरावा रेडले ३ कर्नर पाएको थियो भने पिएसजीले २ कर्नर जितेको थियो ।

अब पिएसजीले प्रि-सिजनको आफ्नो तेस्रो खेल जुलाई २५ तारिख सोमबारका दिन जापानको ओसाका स्थित पानासोनिक रंगशालामा गम्बा ओसाका फुटबल क्लव संग खेल्नेछ ।