आजको राशिफल ।। साउन ८ गते आईतवार ।।

काठमाडौं,साउन,७-आज विक्रम संवत २०७९ साल साउन महिनाको ८ गते आईतवार, (जुलाई २४ तारिख) कृष्ण एकादशी तिथि !!

आज साउन ८ गते आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन महत्त्वपूर्ण अवसर गुम्न सक्छ।प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ।साँझमा पैसा खर्च हुने योग छ, तर कुनै शुभ समाचार पाइनेछ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन अरुलाई प्रभावित पारेर काम बन्ने र बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।व्यवसायबाट लाभ नै मिल्नेछ।शेयर बजारको लगानीले पनि राम्रै लाभ देला।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन नयाँ कार्यको थालनी होला।जोशजाँगर र हिम्मत बढ्ला।शुभ समाचार सुन्न पाइएला। राजनैतिक कार्यमा विशेष सफलता मिल्नेछ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन नजिकको मित्रसँग भेटघाट हुनेछ।कला र गलाको प्रभाव बढ्नेछ।पठनपाठनमा प्रगति हुनेछ।दिनको उत्तरार्धमा धन खर्च बढी हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन अनावश्यक ठाउँमा धन खर्च होला।सम्पत्ति हराउने वा नष्ट होला।अरुको भर पर्दा धोका पाइन सक्छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ।चिताएको कामले तीव्रता लिनेछ।राजनैतिक कार्यमा सफलता मिल्नेछ।वैदेशिक कार्य अघि बढ्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन शुभ समाचार सुन्न पाइएला।धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।नयाँ कार्यको थालनी हुनेछ।वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन नयाँ र शुभारम्भको चर्चा चल्नेछ।आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन गर्न खोजेको जुनसुकै कार्यमा बाधा, मनमा दुबिधा र यात्रामा बिघ्नबाधा समेत आउनसक्छ, तर बाधा परे पनि निराश र हतास नहुनु होला।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।बन्धु बान्धव तथा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। शेयर बजारको लगानीले पनि राम्रै लाभ देला।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य पुरा होला।कूटनीतिक नियोगको सहयोग मिल्नेछ।साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ।स्वास्थ्यमा सुधार पनि आउला। ,

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन धार्मिक कार्यमा रुचि बढ्नेछ।वित्तिय संस्थाबाट सहयोग पाइनेछ।प्रेम र मित्रताको बन्धन कसिने बेला छ।शुभ कार्यको चर्चा पनि चल्नेछ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल