महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितीको चुनाव सम्पन्न

रोशन घर्ती
दाङ,पुस २८-श्री महेन्द्र माध्यमिक विद्यालय  श्रीवारी काभ्रे ८ श्रीवारीको व्यवस्थापन समितीका लागि चुनाव सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगम केसीको संयोजनमा चुनाव समन्न भएको हो । नेकपा एमाले माओवादि केन्द्र राप्रपा नेपाल राष्टिय जनमोर्चा नया शक्ती नेपालको ६ दल को सयुक्त बामपन्थि प्यानल र नेपाली काङग्रेसको एकल लोकतान्त्रिक प्यानल बिच भएको चुनावमा सयुक्त बामपन्थिलाई हराउदै एकल लोकतान्त्रिक प्यानल  विजयी भएको छ ।

कुल ३०५ मतमा २७३ मत खसेको मध्यमा एकल लोकतान्त्रिक प्यानलका शिवराज परियार र धन बहादुर घर्तिले १३०।१३० मत विनु विक र कुलावती खत्रीले १२६।१२६ मत प्राप्त गर्नुभएको थियो यसैबिच विपक्षी सयुक्त बामपन्थि प्यानलका तेजप्रसाद भुसालले १२२ भागेश्वर घर्तिले १२० गगां भण्डारी र शुसीला खत्रीले ११८।

११८ मत प्राप्त गरि एकल लोकतान्त्रिक प्यानलले विजयी हासिल गरेको हो  । साथै अध्यक्ष चयन तथा अन्य पदाधाकारीको चयन माघ ३ गते सोमबार गर्ने भएको छ । यसै बिच विजयी भएको नेपाली काङग्रेसको एकल लोकतान्त्रीक प्यानलले साझपख बिभिन्न नारामा विजयी ¥याली समेत निकालिएको छ ।