जङ्गली हात्तीबाट दिगो व्यवस्थापनको माग गर्दै स्थानीयबासी आन्दोलित

कञ्चनपुर,पुस १२-कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा जङ्गली हात्तीबाट पीडित बनेका स्थानीयवासी समस्याको दिगो व्यवस्थापनको माग गर्दै आन्दोलित बनेका छन् । सयौँको सङ्ख्यामा सोमबार सदरमुकाम भीमदत्तनगरमा जम्मा भएका पीडितले विरोध ¥यालीको आयोजना समेत गरे ।

सीमा क्षेत्रका विभिन्न समस्या समाधानको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएका पीडितले जङ्गली हात्तीको कारण किसानमा पर्न गएको समस्या समाधानका लागि पहल गर्न स्थानीय निकायसँग माग गरेका छन् । सो क्षेत्रमा लगाएको सयौँ बिगाहाको उखु, गहुँखेती भारतीय नेसनल पार्कबाट आउने जङ्गली हात्तीको बथानले सखाप पारेपछि पीडितले क्षतिपूर्ति र हात्तीको दिगो व्यवस्थापनका लागि पहल

गरिदिन माग गरेको जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले जानकारी दिनुभयो ।हालसम्म हात्ती पीडित किसान र हात्तीको आक्रमणबाट ज्यान गुमाएकालाई गरी रु १२ लाख ७० हजार क्षतिपूर्ति दिइसकेको उहाँले बताउनुभयो । वन कार्यालयले ६८ जना पीडित किसानलाई क्षतिपूर्ति दिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस समेत पठाएको छ ।