गौ हत्याको विरोधमा मध्यपश्चिमका जिल्लामा बन्द ,दाङमा ५ जना पक्राउ

बाँके,पुस १२-‘गौ’ हत्याको विरोध गर्दै हिन्दू जागरण युवा संघ नेपाल लगायतका हिन्दूवादी संघसंस्थाले आज मध्यपश्चिमका जिल्लामा बन्द आह्वान गरेका छन् । बन्दको प्रभाव बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा परेको छ । बन्दले नेपालगंजका बजारमा प्रभाव नपरेपनि कोहलपुरमा भने बन्दको प्रभाव परेको छ ।

कोहलपुर र अन्य जिल्लाका शिक्षण संस्था, कलकारखाना, उद्योग, व्यापार ठप्प भएका छन् । पूर्व–पश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालन हुन सकेका छैनन् । यसैबीच, दाङमा जबरजस्ती बजार बन्द गराउँदै हिँड्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार भीमदत्त सडकखण्डअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर मारिएको भन्दै हिन्दूवादी संघसंस्थाले विरोध गर्दै आएका छन् ।