कोरोना संक्रमणबाट एकैदिन ४४ जनाको मृत्यु पुष्टि, २७६८ जना संक्रमित थपिए

काठमाडौं,असार,४-नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ४४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रवार ७ हजार ५६९ जनाको कोरोना परीक्षण गरिएकोमा १ हजार ९६३ जना र ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ६२४ पुगेको छ । 

यसैगरी शुक्रवार ४ हजार २० जना निको भएसँगै हालसम्म ५ लाख ५९ हजार ६८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।