दाङमा यातायात, बजार, कलकारखाना बन्द,शैक्षिक संस्था भने खुले

दाङ, पुस ३- सरकारले संविधान संशोधनको लागि गरेको प्रस्तावको विरोध गर्दै एनेकपा एमालेले गरेको बन्दका कारण दाङ जिल्लमा आज पनि यातायात, बजार, कलकारखाना भने बन्द रहेका छन् । तर  शैक्षिक संस्था भने  बिहानैदेखि खुलेका छन् । बन्दकर्ताले शैक्षिक संस्था खुल्न दिने भनेपछि शैक्षिक संस्था खुलेका हुन् ।

सरकारले संसदमा दर्ता गराएको पाँच नम्बर प्रदेश सीमाङ्कन हेरफेर सहितको संविधान संशोधन प्रस्तावको बिरोधमा नेकपा एमालेसहित विपक्षी दलले शनिबारदेखि बन्द आह्वान गरेका थिए ।