एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुमा विवाद चुलियो

काठमाडौं,पुस,३- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र विवाद चुलिएको छ । महाधिवेशन सम्पन्न भएको १० महिनापछि केन्द्रीय समिति निर्णयअनुसार महासचिव ऐन महरले कार्यविभाजनको परिपत्र जारी गरेपछि विवाद चुलिएको खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

विश्वभाषा क्यामपसमा बिहीबार आयोजित कार्यकर्ता भेलामा वितरण गरिएको परिपत्रमा महासचिव महरले मनपरी रुपमा जिम्मेवारी तोकेको सचिवहरु सुदेश पराजुली, आरती लामा, ओसिम आलम लगायतले आरोप लगाउनु भएको छ ।परिपत्रसँगै पार्टी अध्यक्षनिकट चिनिएका कार्यकर्ताहरु नै दुई खेमामा बाँडिएका हुन् ।