जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गरिने

काठमाण्डौं,फागुन ३-राष्ट्रिय जनसंख्या परिषद्ले जनसंख्यासम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको जनसंख्या परिषद्को बैठकले जनसंख्या सम्बन्धी सम्पूर्ण तथ्यांकलाई संघीय संरचनाअनुसार विद्युतीय अभिलेखीकरण गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण हुने भन्दै तथ्यांकलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उनले जनसंख्या नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

बैठकले राष्ट्रिय जनसंख्या परिषद्मा ७ जना विज्ञ सदस्यको नियुक्ति गर्ने निर्णय गरेको छ । प्रा. डा. योगेन्द्रबहादुर, प्रा. डा. रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा. पुनमलाभ कर्णलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको हो ।साभार ईमेज खबरबाट