कर्णालीमा विद्यार्थी भर्ना अभियान सुरु

जुम्ला,फागुन ३-कर्णालीमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । चिसोका कारण कर्णालीको जुम्ला, हुम्ला र डोल्पामा हुने हिउँदे बिदाका कारण माघदेखि नै शैक्षिक सत्र सुरु भएकाले भर्ना अभियान सुरु भएको हो । जिल्ला शिक्षा कार्यालय जुम्लाले सरोकारवाला निकायसँगको परामर्समा भर्ना अभियान अघि बढाइएको शिक्षा कार्यालयका शाखा अधिकृत महेशदत्त देवकोटाले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत घरदैलो कार्यक्रमसहित विद्यार्थी तथा अभिभावक लक्षित विभिन्न कार्यक्रम हुने गरेका छन् । जुम्लामा अहिले विद्यालय उमेरका झण्डै चार प्रतिशत बालकालिका विद्यालय बाहिर रहेका छन् । उनीहरुलाई विद्यालयसम्म ल्याउन अभियान केन्द्रित गरिने छ ।साभार उज्यालोबाट