नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता फाल्गुन २६ देखि चैत्र ४ गते सम्म

मधुपौडेल,
बाँके,फागुन ३-टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता २०७३ फाल्गुन २६ देखि चैत्र ४ गते सम्म नेपालगंजमा संचालन हुने भएको छ । नेपालगंज रंगशालामा हुने ८ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगितामा  सम्भावित टिममा  सी.एम.जी.संकटा क्लब , मनाङ्ग मर्स्याङ्ग्दि क्लब , नेपाल प्रहरी , नेपाल आर्मी , ए.पी.एफ.क्लब सशस्त्र प्रहरी, दिल्ली युनाईटेड,नेपालगंज ११  र  सुदुरपश्चिम ११ सहभागिता रहने छन ।यस गोल्ड कपको जम्मा खर्च बजेट ७५ लाख हुनेछ र  प्रथम पुरस्कार ५ लाख र दोश्रो हुने टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको छ ।

मुख्य प्रायोजकमा गोर्खा ब्रुअरीको टुबोर्ग रहेको छ भने हाललाई रेड्बुल , रुस्लान र प्रिती चाउचाउले सह प्रायोजन गरेका छन । यसैगरी सहयोगीका रुपमा  सिभिल बैंक ज्योति बिकास बैंक होटेल सेन्ट्रल प्लाजा कोहलपुर  र एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.रहने छन । एन.एल.जी.ईन्सुरेन्स कम्पनि लि.ले खेल दौरान खेलाडी अफिसियल र रेफ्रीको दुर्घटना बिमा गरेको छ ।

अखिल नेपाल फुटबल संघ युवा तथा खेलकुद मन्त्रालय मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति र बाँके जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगितालाई सहकारी गरेको व्यहोरा जानकारी बाके जिल्ला फुटवल संघका अध्यक्ष भोज राज शाहीले दिनु भएको छ ।यस बर्ष पनि टुबोर्ग दोश्रो नेपालगंज गोल्ड कप फुटबल प्रतियोगिता अवलोकन गरि यस क्षेत्रकै प्रतिष्ठा र आयोजकको हौसला बढाईदिनहुन सम्पूर्ण फुटबल प्रेमीहरुका साथै आम दर्शकहरुले सहयोग गरीदिने आयोजकले सबैमा अनुरोध गरेको छ ।