आज ५९२ शांसदलाई बाटो खर्च दिएर बिदाई गरिदै

 काठमाडौं,असोज,२८-

संविधान जारी गरेपछि संविधानसभाबाट व्यवस्थापिका संसद्मा रुपान्तरित भएको व्यवस्थापिका संसदको सांसदहरुलाई बिधिबत् तरिकाले आज बिदाई गरिंदैछ ।

संसदको शुक्रबार बैठक अन्तिम भएपनि आज विशेष बैठक डाकी सांसदहरुलाई विधिवत बिदाई गरिने भएको छ । सांसदहरुले असोज महिनासम्मको तलब भत्ता र सुबिधा लगायत यातायात खर्च पाउने छन् ।

अन्तिम बैठकसँगै संविधानसभाबाट २४ महिनाअघि रुपान्तरित संसद्को अन्त्य पनि हुँदैछ । निर्वाचन आयोगले आइतबार भोली सम्म समानुपातिकतर्फको उम्मेद्वारी दर्ता गर्ने म्याद दिएको छ ।

सूची बुझाउने अन्तिम म्यादको अघिल्लो दिन शनिवार परेकोले शुक्रबार नै अन्तिम बैठक बोलाइएको सभामुखको निजि सचिवालयले जनाएको छ ।