अमेरिकामा गैरआवासीय नेपाली संघको चुनावी माहोल बन्दै

५ अध्यक्ष सहित ३२६ जना बढीको उम्मेदबारी दर्ता

मिलन मगर,

जापान,असार,२७-

गैरआवासीय नेपाली संघ अमेरिकाको चुनाव आगामी अगस्ट ११ र १२ मा हुने भएको छ । निर्बाचन नजीकिदै गर्दा अहिले पुरै अमेरिका चुनावी माहोलमा तातिरहेको छ । 

२ लाख नेपालीको हाराहारीमा रहेको अमेरिकामा १७४८२ सदस्य दर्ता रहेकोमा केहि प्रक्रियागत कमजोरीको कारणले ३००० सदस्यहरुलाइ बेरिफिकेशन समितिले कटौती गरेको अमेरिकी समाचारदाताले जनाएका छन् ।

हाल कुल १४४८२ सदस्य भोटर भएको अमेरिकाको एन.आर.एनमा अहिले सम्मकै सबै भन्दा ठुलो निर्बाचनको रुपमा लिएको छ । चुनावमा केन्द्रिय २५ जना बोर्ड कमिटि ८ जना आइसीसी मेम्बर र २५ राज्य समिति गरेर लगभग ३२६ जना भन्दा बढीले उम्मेदवारी दिएको छ ।

निर्बाचन समितिले जुलाई ४ बाट जुलाई ८ सम्मको सूचना जारी गरि उम्मेदवारी दर्ता तोकेकोमा जुलाई ४ मा अमेरिकाको स्वतन्त्र दिवस बाट जम्मा ४ दिनको छोटो समयमा पनि उम्मेदवारी शुल्क बैंकमा डिपोजिट गर्नु पर्ने हरेक कागजातलाइ नोटरी गर्नुपर्ने जस्ता समस्याहरुको वास्ता नगरी ठुलो संख्यामा उम्मेदवारीहरुले आआफ्नो पदमा उम्मेदवार दिएको हो ।

अध्यक्षमा अहिले सम्म ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।   अध्यक्षमा रबिना थापा, गौरी जोशी र केशब पौडेलको प्रतीस्पर्धा हुने देखिएको छ । केशब पौडेल १५/१७ को अध्यक्ष हुन् भने रबिना थापा बर्तमान उपाध्यक्ष र गौरी जोशी चिरपरिचित टेक्सास निबासी ब्यबसायी तथा समाजसेवी हुन् । यस्तै बरिष्ठ उपाध्यक्षमा न्यु-योर्क राज्यको तेम्पा शेर्पा सुनिल शाह बिश्व शाह गजेन्द्र अर्यालले उम्मेदवारी दिएका छन् । 

उपाध्यक्षहरुमा सबैभन्दा बढी मतदाता रहेको न्यु योर्क टेक्सास र क्यालिफोर्नियाका चर्चित अनुहारहरुको ठुलो प्रतीस्पर्धा  हुने अनुमान गरिएको छ । हालसम्म सबैभन्दा लोकप्रिय उपाध्यक्षमा टेक्सासको चिरपरिचित समाजसेवी भुवन आचार्य र न्यु योर्कको सुमन बुढामगरले जित्ने पक्का पक्कि रहेको छ ।

सुमन बुढामगर चर्चित गायक भएकोले सबै राज्यहरुमा संस्कृतिक कार्यक्रमहरुमा बाक्लो उपस्थिति जनाउने र न्यु योर्कको चिरपरिचित समाजसेवी ब्यबसायी तथा नेपाली अमेरिकन कलाकार संघको केन्द्रिय अध्यक्ष सुमनलाइ लोकप्रिय मत प्राप्त हुने देखिएको छ ।

हाल सम्म १३ जना उपाध्यक्षहरु निर्बाचनको मैदानमा रहेको छ ४ जना महासचिबले उम्मेदवारी दिएकोमा बाबुराम लामा, केशब पौडेल समुह महेश मल्ल ,रबिना थापा समुह पूर्ण बानिया ,गौरी जोशी समुहबाट निर्बाचन लड्ने भएकोछ भने सुर्य लम्साललाइ केशब पौडेल समुह वा कुन समूहको भने अझै खुलेको  छैन ।

११ जना बोर्डसदस्यहरुमा अहिले सम्म ५० जना भन्दा बढिले उम्मेदवारी दिएका छन् । बोर्डसदस्यहरुमा चर्चित नामी समाजसेवीहरु रहेका छन् । अहिले सम्म उम्मेदवारी दिनेहरुमा प्रबासी नेपाली समाजका निबर्तमान अध्यक्ष संजय थापा टेक्सास निबासी डाक्टर अर्जुन बन्जाडे, गोपेंद्र भट्टराईले उम्मेदवारी दिनुभएको छ ।

यस्तै म्याग्दी समाजका अध्यक्ष भविन्द्र सेर्पुजा मगर,त्यस्तै गोर्खा समाज अमेरिकाका उपाध्यक्ष खेम भट्ट त्यसैगरी अमेरिकाका खेलाडीहरुको सस्था सपोर्ट अशोशिय्शनको अध्यक्ष मोहन वाइवा यस्तै, क्यालिफोर्नियाको चिरपरिचित तेक्बन्दो खेलाडी कर्ण चन्द लगायतले उम्मेदवारी दिएको अमेरिकी समाचारदाताले जनाएका छन् ।