टोकियो,माघ,३-आज हामीले नेपाल मगर संघ जापान केन्द्रिय समिती र क्षेत्रीय समितीहरुले जापानका ५ ठुला शहरहरुमा संयुक्त रुपमा आयोजना गरि रहेको माघे संक्रान्ती विशेष सांगीतिक साँझ कार्यक्रमको बारेमा चर्चा गर्नेछौं।
किनकि नेपाल मगर संघ जापानले गर्न लागेको ५ शहरहरु मध्य ३ शहरहरु नागोया, ओसाका र फुकुओकामा भव्य रुपमा कार्यक्रम सम्पन्न गरि सकेको छ,भने ओकिनामा पनि त्यहाँ बसोबास गर्ने मगर समुदायले स्व-स्फुर्त रुपमा एक अनौपचारिक कार्यक्रम गरि मनाई सकेको छ भन्ने हामीले जानकारी पाएका छौं।
त्यसैगरी देश तथा अन्य विदेशमा छरिएर बसेका सम्पुर्ण मगर समुदायले आफ्नो पायक पर्ने समयमा कार्यक्रम गर्दै भव्य रुपमा मनाई सकेका छन् त कतिपय ठाँउमा मनाउदै छन्।
तर जापानको दुई ठुला शहरहरु गुन्मा केन र टोकियोमा भने कार्यक्रम हुन अझै बाँकि रहेको छ।यसैगरि यहि जनवरी १९ तारिख आईतबारका दिन टोकियोको नाकानो जिरो हलमा भव्य माघे संक्रान्ती कार्यक्रम हुदैँ छ।
यस्तै जनवरी १८ तारिख शनिवारका दिन गुन्मा केनमा हुन गईरहेको कार्यक्रमको तयारी कस्तो हुदैँछ,भनी आज हामीले नेपाल मगर संघ जापान क्षेत्रीय सिमिती गुन्मा केनका अध्यक्ष रिदम रोका मगर संग छोटो कुराकानी गरेका छौं।
अब प्रस्तुत छ उहाँ संग गरिएको कुराकानी जस्ताको त्यस्तै ।
सर नमस्ते ।। सर्वप्रथम बिहानी अनलाईनमा यहाँलाई हार्दिक स्वागत छ।
१. सन्चै हुनुहुन्छ ?
-हजुर सन्चै छु दुर्लभ जी !
२. आज भने म हजुर संग नेपाल मगर संघ क्षेत्रीय समिती गुन्माले आयोजना गर्न लागेको माघे संक्रान्ती विशेष साँगितीक साझँ कार्यक्रमको बारेमा छोटो कुराकानी गर्नेछु।कार्यक्रमको तयारी कस्तो हुँदै छ सर ?
-हजुर कार्यक्रमको सम्पूर्ण तयारि पुरा भैसकेको छ सर।
३. तपाईहरुले आयोजना गर्न लाग्नु भएको कार्यक्रममा कस्ता कस्ता कलाकारहरु सहभागी हुदै हुनुहुन्छ,यस बारेमा पनि बताईदिनुस न ?
– सर्वप्रथम त यो महत्वपुर्ण प्रश्नको लागी धन्यवाद, विशेष गरेर लोक संगितको माध्यम बाट राष्ट्रिय स्तर सम्म्म आफुलाई चिनाउन सफल ख्याती प्राप्त कलाकारहरु गायिका संगिता थापा मगर, गिता पाईजा पुन मगर, त्यसैगरी डान्सर, प्रगति पुन मगर, लोक तथा दोहोरी गायक चेतन घर्ती मगर, कर्म दोङ तामाङ कार्यक्रममा सहभागी हुदै हुनुहुन्छ।र अन्य हाम्रा स्थानिय कलाकारहरु द्वारा सालैजो, कौडा, रोधी घर जस्ता मौलिक प्रस्तुतीहरु पनि कार्यक्रममा प्रस्तुत हुनेछ।
४. एकदमै चर्चिच कलाकारहरु कार्यक्रममा ल्याउदै हुनुहुदो रहेछ, कार्यक्रममा दर्शकको कत्तीको उपस्थीती होलान्।अपेक्षा कति राख्नु भएको छ ?
– यसपालीको कार्यक्रममा हामीले बिगतका वर्षहरु भन्दा अलि धेरै नै अपेक्षा गरेका गरेका छौ सर, किनकि त्यहि अनुरुपको हाम्रो तयारी पनि राम्रो रहेको छ।
५. जस्तो पछिल्लो समय मगर समुदायले विशेष गरि माघे संक्रान्तीलाई अझ विशेष जोड दिएर मनाउन थालेको देखिन्छ,यो किन सर ?
– समय सान्दर्भीक प्रश्नःको लागी तपाईलाई धन्यवाद सर, माघे संक्रान्ती, विशेष गरेर मगर समुदायको राष्ट्रिय पर्व नै हो, यसको पर्यावाची, शब्द मगर संक्रान्ती भनेर पनि भन्नु हुन्छ कतिले र यो थारु समुदायमा पनि उत्तीकै महत्व छ।प्राचिन काल देखि नै मनाइने यो पर्व को छुट्टै महत्व छ।यसलाई मगर संघले वार्षिक कार्ययोजना भित्र राखेर स्वदेश तथा विदेशमा माघे संक्रान्ती पर्व भव्यताको साथ मनाइने गर्दछन्।
६. यसरी प्रवासमा माघे संक्रान्ती कार्यक्रम गर्दा समाजमा कस्तो सन्देश दिन्छ ?
-सबै भन्दा पहिले त प्रदेशी भूमिमा आफ्नो मौलिक संस्कृति र पहिचानलाई विदेशीहरु माझ चिनाउनु नै ठुलो कुरा हो।अनि प्रवास मा जन्मे हुर्केका नयाँ पुस्तालाई पनि आफ्नो संस्कार संस्कृती अध्ययन गर्नको लागि मौका मिल्छ,त्यसैले यस्ता कार्यक्रमले हाम्रो समाजमा राम्रो सन्देश जान्छ जस्तो मलाई लाग्छ।
७. तपाईको विचारमा आफ्नो भाषा रितिरिवाज र कला संकृतीलाई जगेर्ना गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?
-मेरो विचारमा कुनै सामाजिक माध्यम अर्थात कुनै संघ संस्था हुनु पर्छ,जस्तो की अहिले माघेसंकान्ती लाई मगर संघले भव्यताका साथ मनाउने गर्छ, र मैले अघि पनि भने नयाँ पुस्ताले पनि आफ्नो पहिचान कला संस्कृती थाहा पाउने एउटा अवसर मिलेको छ।
पारिवारीक रुपमा पनि यस्ता कुराहरु सिकाउन अत्यन्त जरुरी छ, किनकि भाषा संस्कृतीको जगेर्नको निम्ती पहिलो पाठशाला भनेको पारिवारिक वातावरण हो।पारिवारिक शिक्षाले नै हरेक मान्छेलाई सहि बाटो तिर लान्छ,अर्को चाहि विद्यालयमा पनि बालबालीकाहरुलाई सिकाउनको लागि यस्तो विभिद् अभ्यास गराउन जरुरी छ।
८. प्रवासमा जन्मिएका नेपाली बालबालीकालाई आफ्नो भाषा, रितिरिवाज र संकृती सिकाउन अभिभावकले कस्तो भुमिका निर्वाह गर्नु पर्ला ?
-मेरो विचारमा चाहिँ सके सम्म नेपाली भाषामा नै पढाउने अनि परिवारमा बस्दा आफ्ना नानी बाबुहरुलाई राम्रो नेपाली भाषा,संस्कृतिहरुको ज्ञान दिनु पर्छ।मैले यो कुरामा किन जोड दिएको हो भने हामी विदेशी भुमिमा नेपाली भनेर चिनिएको हाम्रो भाषा, हाम्रो संस्कार संकृती र सभ्यताले न हो।त्यसैले बालबच्चा विदेशमा जन्मे हुर्के पनि यस्तो कुरा सानै देखी घरपिवारले सिकाएमा ति स-साना नानीबाबुहरुले पनि त्यहि सिक्छन, यसर्थ हाम्रो भेषभुषा, संस्कार सस्कृती जगेर्ना गर्न टेवा मिल्छ,जस्तो मलाई लाग्छ।
९. जापानमा यसरी कार्यक्रम गर्न कत्तीको सहज छ, के के कुराको झन्झटहरु बेहोर्नु पर्छ ?
– जापानमा मात्र हैन प्रवासमा कार्यक्रम गर्न त्यती सोचेको जस्तो सहज चाहि पक्कै छैन्।किनकि विशेष गरेर यहाँको निती नियममा रहेर काम गर्नु पर्यो त्यसैमा अर्को समस्या भनेको यहाँको समय मिलाउन गारो त्यसपछि विदेशमा आर्थिक पाटो पनि छदै छ आदी ईत्यादि नै त हो नि दुर्लभ सर हा .हा. हा…गारो नै छ भनम।
१०. अब अन्तीममा यहाँलाई धेरै प्रश्न सोध्ने मन हुदा हुदै पनि संक्षिप्तमा प्रश्न सोधे,मैले छुटाएका कुनै महत्वपुर्ण प्रश्न भए अथवा तपाईलाई भन्नै पर्ने केहि कुरा छन् भने भन्न सक्नु हुन्छ ?
-त्यस्तो केहि छैन, “यति भन्छु कि” यहि जनवरि १८ तारिख शनिवारका दिन हाम्रो माघे संक्रान्ती कार्यक्रममा उपस्थीतीको लागी सबै जनालाई तपाईको मिडीया मार्फत चुले निमन्त्रणा दिन चाहान्छु।
विशेषगरि यो महत्वपुर्ण समयमा हामीले आयोजना गर्न लागेको कार्यक्रमको बारेमा मेरो कुराहरु हजुरको अनलाईन मिडीया मार्फत राख्ने यो सुनौलो अवसर दिनुभएकोमा तपाई र बिहानी अनलाईन लाई धेरै धेरै धन्यवाद।
हस, यती महत्वपुर्ण विचारको लागी हाम्रो तर्फबाट पनि धेरै धेरै धन्यवाद सर।जापानको यति धेरै व्यस्त समयको बाबजुदँ पनि समय मिलाएर हामी संग कुराकानीमा जोडिनु भयो त्यसको लागी हामी अत्यन्तै हजुर प्रती आभारी छौं।यहाँको कार्यक्रम सफल रहोस् हाम्रो बिहानी अनलाईनको तर्फबाट धेरै धेरै शुभकामना छ सर ।।