बि पि खनाल
लम्की कैलाली,फागुन ३-प्रेम र दिलमाया सानै देखिका साथि हुन । उनिहरु सधैं संगै खेल्ने, संगै पढने गर्दथे । बिस्तारै उमेर बढ्दै गयो । उनिहरु पनि अलि ठुलो कलासमा बढ्दै गए । गाउँमा कुनै राम रमिता हाेस या मेला पर्व उनिहरु संगै जान्थे । एकअापसमा सबैकुराहरु सेयर गर्ने गर्थे । लाग्छ उनिहरुमा बच्चैदेखि अद्रिस्य माया बसेकाे थियो । उनिहरु सानैदेखि एउटै कक्षामा पढ्दै संगै अध्ययन गर्दै अायका थिय ।
पढाइमा दुबै मेहनति र जेहन्दार थिय । कक्षामा कहिले प्रेम त कहिले दिलमाया प्रथम द्वितीय स्थानमा हुन्थे । कुरा २०६१ साल तिरकाे हो । तिनिहरु बिद्याज्याेती मा. बि. बाबियाचौर सुर्खेतमा कक्षा १० मा अध्ययनरत थिय । तिहारकाे छुट्टीकाे समय थियो सबै छरछिमेकीका साथिहरुसंग देउसी भैली खेल्न भनी उनिहरुपनि सबै तयारी गरेका थिय ।
उनिहरु १७/१७ वर्षका थिय । सुर्खेत बाबियाचौरमा धेरै पहिले देखि लाग्दै अाएकाे रातिमा लाग्ने “भुव” मेला लागेको थियो । भाेलि पल्ट लक्ष्मी पुजा काे दिन थियो । प्रेम र दिलमाया पनि भुव मेला हेर्न मेलातिर निस्किए । प्रायः सबै साथिहरु मेलाहेर्न गएका थिय । भुव मेला एक उश्रिङखल तरिकाले पुरुषहरूले मात्र रातिमा देउडा भट्याएर खेल्ने र रमाइलो गर्ने पश्चिमाहरुकाे चाड हो ।
पहिले पहिले महिलाहरु भुवमा जादैन थिय । अाईमाकाे रतेउली लाेग्नेमान्छेहरुकाे भुव भन्ने गर्थे । त्यस ताका चाहिँ यदाकदा महिलाहरु पनि भुवमा जाने गर्थे । त्यसदिन घरबाट मेलाहेर्न निस्किएका प्रेम र दिलमाया मेलाको नजिकै पुगेर अन्य मानिस र साथिहरु भन्दा अलग्गै बस्ने सरसल्लाह गरे । प्रेमले १० रुपैयाँको मम्फली किनेर ल्यायो उतिबेला १० रुपैयाँको लगभग ३/४ सय ग्राम मम्फली पाईन्थयाे । दुबैजना मम्फली खादै गफगर्दै एकान्तमा बसिरहेका थिय ।
दुबैजना जवानिका पनि धनी थिय । उमेर पुगेका केटा र केटी लामो समय रातिकाे बेला एकान्तमा रमाइरहदा एक अर्कामा मनमुटु सुम्पिुसकेका थिय रात छिपिदै गयो । जाडाे बड्दै थियो साने दिलमायाकाे पछेउरीसंगै गुट्मुटियकाे थियो । साेहि दिन उनिहरुले संगै बाँच्ने र संगै मर्ने बाचा कसम समेत त्यही खाएका थिय । रातिको २ बज्यो दुबैजना अा-अाफ्नाे घरमा अायर सुते । दुईको घर करिब ३/४ सय मिटर मात्र टाढा थियो । झन त्यस दिन देखि त एकले अर्कालाई नदेख्दा बित्तिकै दुबैकाे मनमा अागाे बल्ने गर्थ्याे ।
भित्रभित्रै छट्पटीने गर्थे । बिस्तारै दिनहरु वित्दै गय उनिहरु पनि काक्षा १० काे एसएलसी परिक्षा दियर भ्याएका थिय । उनिहरुलाई थाहा भयो उनिहरुकाे बच्चा दिलमायाकाे पेटमा हुर्कदै छ । अब चाही दुबैजना गाउँदेखि भागेर टाडै जाने निर्णय गरे । किनकी उनिहरुकाे सम्बन्ध घर परिवार र समाजलाई पच्दैन भन्नेमा निश्चित थिय । प्रेम एउटा किसान सार्किकाे छाेरा थियो भने दिलमाया ब्राह्मणकि छाेरी थिइ । हुन त दिलमायाका बुवा एक शिक्षक थिय ।
सामाजिक कुरितिका बारेमा अरुलाई सम्झाउने गर्थे । विद्यालयमा पढाउने बेलामा समेत जातभात छुवाछूत भन्ने कुरा अहिले अायर गर्ने कुरा होइनन् । परापूर्व कालमा समाज चलाउनकाे लागि जातभातकाे स्थापना गरिएको थियोे । तर अहिले अाएर जातजाति र कामकाजका अाधारमा होइन अहिले त देशको नियम कानुनकाे अाधारमा समाज चल्नुपर्छ । कुनै जातकाे अाधारमा मानिस सानो ठुलो हुदैन । सबैलाई थाहा छ नि त्यो सत्य युगमा समेत विश्वक्रमा बाबालाई तिमी सानाे जातकाे भनेर कसैले भनेको देखिदैन सबै समान थिय र अाज समेत सबैले उहालाई पुजा गर्ने गर्छन ।
तर जब मानिसकाे विस्तारै बिकासहुदै गयो जनसंख्या बड्दै जादा समाजलाई चलाउनकाे लागि । विभिन्न मानिसहरुलाई अलगअलग कामकाे जिम्मेवारी दिईयाे । जस्तै ब्राह्मणले पाठपुजा गर्ने नयाँ नयाँ खाेज र अनुसंधान गर्ने शिक्षा दीक्षा दिने । त्यस्तै क्षेत्रीले देशको रक्षा गर्ने । दमाईले लुगा सिलाउने । सुनारले गहना बानाउने जस्ता अलगअलग सामाजिक नितिनियम बनाईएका हुन । तर अाज अायर सबैले जुनसुकै कामकाज गर्न थालेका छन र गर्दा हुन्छ ।
सरसफाइमा कमि भएका कारणमात्र ठुला जातिभनाउदा हरु साना जातिले छाेएकाे खान छाेडेका थिय । सानोठुलो भन्ने काेहि छैन सबै मानव एउटैहुन भनेर शिक्षा दिने दिलमायाका बुवा उनिहरुकाे सम्बन्ध थाहा पाए पछि अाफै स्वीकार गर्न तयार हुदैनन् भन्नेमा दुबैजनालाई लागेपछि । भागेर प्रेम र दिलमाया प्रेमकाे पुर्खेउली घर भएको ठाउँ अछाममा गएर बसे । २/३ महिना कसैलाई कहाँ गय भन्ने थाह भएन । केही महिना पछि दिलमायाले उनिहरुकि मायाकी साँक्षी मुटुकाे धड्कन एउटा स्वस्थ र सुन्दर छाेरीकाे जन्म दिई । दुबै जना धेरै खुशी भए । छाेरिलाई लिएर प्रेमकाे अाफ्नाे घर बाबियाचौरमा अाय ।
वातावरण उनिहरुले साेचेकाे जस्तो बन्न सकेन । दिलमायालाई उनका बुवा र माईति पक्षले प्रेमबाट खाेसेर जवर्जस्ती माइत लियर अाय । बिचरा ३ महिनाकी बच्ची सुन्तली अामा विहिन भई । प्रेम र दिलमायाकाे प्रेममा बज्रपात भयो ।सुन्तलीले अामाकाे ममता गुमाई । उनिहरु राेय कराय तर समाजकाे सामु उनिहरुकाे केही लागेन । अाखिर मनमा अागाे बालेर बस्नु सिवाय अरु केही गर्न सकेनन ।
कानुनी उपाय लिने पनि अाट गर्न सकेनन किनकि अाईन्दा कुनै उजुरबाजुर र भेटघाट गरेमा हातखुट्टा भाचिदिने छौँ भनी त्यस समाजका मानिस र दिलमायाका माईतिले धम्की दिएका थिय । साेहि डरमा उनिहरुले त्यसपछि कुनै कदम चालेनन । प्रेम सानि छाेरि सुन्तलीलाई गाईको दूध खुवायर हुर्काउन थाल्यो । सुन्तलीले साधा जसाे अामालाई खाेजेर रुनेगर्दा झन प्रेमलाई दिलमायाकाे यादले भक्कानाे छुटेर अाउथ्याे अनि एक्लै बसेर अाशु बगाउने गर्थ्याे ।
एकदिन यादकाे धेरै पीडा मनमा उब्जिए पछि सुन्तलीलाई हजुरअामाकाे जिम्मा लगाएर प्रेम घाँस काट्न जाने निहुमा भ्याकुते खाेलातिर गएको फर्केर अायन । गाउले हरुले खाेज्दै जाँदा रुखमा झुन्डिएको मृत अवस्थामा फेला पर्याे । यता दिलमाया साे खबर सुनेर २ घण्टा वेहाेस भई । राेई कराई अाफुले कानुनी उपाए नगरेकोमा पछुताई र अाशुझारेर बसिरही ।अाज दिलमाया बिहे गरेर बर्दिया तिर अाएकि छे र भन्ने गर्छे ती दिन सम्झदा मुटुमा गाठाे परेर अाउछ । म जिवनभर भुल्न सक्दैन मेरो मुटुको धड्कन प्रेम र सुन्तलीलाई । क्रमश ………………
(यो कथा प्रेम दिवस २०७३/११/०३ को अवसरमा लेखेको छु । सर सल्लाह र सुझाव दिनुहाेला ।)
( यस कथाकाे स्थान मेरो जन्मथलाे र पात्र काल्पनिक हुन काेहि कसैकाे जिवनमा मेलखान गएमा संयाेगमात्र हुनेछ )