मैले देखेको मेरो केपि खनाल भाई

“एक दाईले भाइको बारे लेखेको चिट्ठी “

कैलाली,मंसिर,१५-
संसारमा सुरुवात भनेर भन्दा गरेर आफैबाट गरौ भन्ने सोच राख्ने छोराछोरी कमै आमाले जन्माउन्छ्न ती मध्ये एक छोरा जन्माउने आमा मैले पाएको छु जसको छोरा हुन केपि खनाल भाइ ,उनको बारे कहाँबाट सुरुवात गरौ साच्चै आफैमा केहि गरौ भन्ने अपार प्रतिभा भएका ब्याक्तिहरु जिबनमा केहिमात्र देख्न पाएको छु । त्यहि एउटा अपार प्रतिभा भएको भाई केपि खनाल हुन , कसै सङ्ग परिचय भएको छोटो समयमै त्यो ब्याक्तिको मनमुटुमा बस्न सक्छ भने त्यो केपि भाई हुन त भाइ उनका लागि उनले पाएको उपनाम जस्तो लाग्छ उनी भन्दा कम उमेरकाले पनि उनलाई केपि भाइ नै भन्ने गर्छन् ।

बाल्यकाल ऊनीसङग बिताउन नपाएपनी सानू छदै जब गाउँघरमा रेडियोको निकै प्रभाव तर कमै रेडियो थिए आफू १२ वर्षको छदा रेडियोमा सुरिलो मीठो स्वरले वालवालिकाको हक अधिकार र उनीहरुको आवाज सुनाउदै गर्दा कता कता आफुलाइ पनि भाइ सङग भेटेर मनका कुरा गरौ गरु जस्तो लाग्थ्यो साच्चै उनलाई देखेर उनको बारेमा थाहा पाईसकेपछी सोच्थे केही गर्नको लागी आफू सङग स्रोत ,साधन र धन सम्पति भएकै परिवारमा जन्ममिनु पर्छ भन्ने रहेन छ ।

“सडकमै जननिर्वाचित प्रतिनिधि ,नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना लाई ल्याएर सुदुरपश्च्मिमको प्रवेशद्वार कर्णाली चिसापानी सरसफाइ गर्दाको”

बस सोच र संकल्प सहितको बिचार प्रष्ट हुनुपर्ने रहेछ पारिवारिक आर्थिक स्थिति कमजोर नै भएर होला बाल्यकाल देखिको संचार क्षेत्रको लामो क्रियाकलापलाई रोकेर प्रवेशिका परिक्षा दिएर भारत गएर पैसा कमाई राम्रो बिषय पढ्ने सोच राखेर गएछन यहिलै त युवाको जस्तो शारीरिक परिपक्वता नभएको बालकलाई उतिबेला कसले काममा राख्थो र त्यहाँ कतैपनी बालक भएकाले कानुन लाग्नेभएर रोजगारी दिएनन् भन्ने गर्थे घरबाट आमाबुबा ले यो गरेको देखेर रिसाउथे तर पनि घरको वेदनालाई बुझेर ब्याध्ये भएर लुकि लुकि साझ पख मुम्बई को एक होटलमा भाडा माझ्ने र टेबुल सफा गर्ने काम पाए र गरेपनि जो भेटघाट हुदा गरेको।काम को फोटा मार्फत देखाए।

हुनत मेरो भाई सङ् चिनजान भएको धेरै भएको छैन तर म भाईलाई नजिक बाट बुझ्छु केपि भाईको नाम सुनेको मात्र थिय सयोगबस भेट नै भयो भाई सङ्ग त्यो दिन सामन्य गफगाफ मात्र भयो एकले अर्काको फोन न लिएयौ केहि दिनपछी भाई र मेरो भेट्ने सल्लाह भयो , लम्की बहुमुखिको क्याम्पसको क्यान्टिनमा भेटेयौ अनि धेरै आफ्नो र आफ्नो परिवारको बारेमा कुराकानी भयो अहिलेपनी घरको जेठो छोरा आमा बिरामी भएकाले बुवा सङगै आमा पनि भारत जानुभएको रहेछ अनि अझै नजिकै बाट बुझ्दै जादा भाई एउटा राम्रो बिद्यार्थी रहेछ्न ।

“तिहारमा भोकै छ हुम्ला भनी नेपालको बिकट जिल्ला हुम्ला मा राहत बितरण गर्दा को “

आफु पढ्ने बिधालयमा सर्बोत्कृठ नतिजा ल्याउने रहेछन पढाईमा मात्रै होइन उनि गाउका हरेक सामाजिक कार्यहरुमा सधै अग्रसर हुन्थे गाउमा ब्यबस्थित युबा जागरण मन्च द्वारा गाउको सरसफाई लगायतका अन्य सामाजिक काममा अग्रसर रहे , यति सानो उमेरमा नै यस्ता काम गरेको देख्दा म आफै चकित हुन्थे भाई एक त सानो हुनाले पनि सबैको प्यारो भै हाल्थे , येसै क्रममा केपि भाई सङ्को समन्ध बलियो हुदै गयो , भाई झन यस्ता काम हरुमा अग्रसर हुन लागे यो देख्दा एकाएक उनि एउटा सामाजिक अभियान सामर्थ्य नेपाल सस्थाको प्रमुखको नजरमा परे उनको प्रतिभा देखेर उनले सामर्थ नेपाल पश्चिमको प्रमुखमा समाज सेवाको लागी जिम्मेवारी दिए ।

केपिले जिम्मेवारी पाएको केहि दिनमै पहिला मन सफा अनि देश सफा हुन्छ भन्दै जननिर्वाचित मेयर/उपमेयरलाई सडकमै ल्याएर झाडु लागाई सरसफाइ अभियान सुरुवात गरे जहाँ पश्चिमका टिकापुर नगरपालिका , नेपालगन्ज उप-महानगररपालिक,लम्किचुहा नगरपालिका ,धनगढी उपमहानगरपालिका का सबै जनप्रतिनिधि लागाएत युवाहरु एकजुट बनाइएर सरसफाइ अभियान सुरुवात गरेर त्यसपछि भाई संकल्प र मनोबल बडदै।

गएपछि फेसबूक अभियानबाट नै सहयोग संकलन गरि लम्की कैलालीका पाचवटा नगरपालिका र गाउँपालिका ३५ र १५ अनाथ बालबालिका मा दशैमा दशा लागेका धेरै पिडित परिवारको दशै सफल बनाउन राहत बितरण गरि र त्यसैको केहि दिनमै भोकै छ हुम्ला फेसबूक अभियान चलायर करिव दुइ लाख सहयोग संकलन गरि हुम्लाको अदानचुली गाउपालिकाको ३५ परिवारलाई भोकपनी मनका पिडाबाट मेटाए ।

” दशैमा कैलालीमा पीडित परिवार र अनाथ बालबालिकालाई राहत बितरण गर्दा को “

दिन बित्दै गयो भाई उच्च शिक्षाको लागी राजधानी तिर गए फेरि त्यहापनि भाई फरक रुपमा स्थापित हुन खोजीरहेका छन , राजधानीको अव्यवस्थित फोहोर देख्दा हामी आफैले यसको ब्यबस्थापन गर्नुपर्छ भनी केपि भाई लगायतको टोलि cleanकाष्ठमण्डप २७ गते गर्दैछन ,भाईले सोचेको यो पुण्यको काममा आर्थिक भौतिक सहयोग गरि सहयोग तथा पाएक पर्ने सबैले सर्सफाई कार्यमा सहभागी भै एउटा असल नागरिकको भुमिका निर्बाह गर्नपनी बिनम्र अपिल गर्दछु ।

तपाईको दुई घन्टाको समय दैनिकी ३६५ दिनको रुपमा काठमाडौमा बड्दैगएको काठमाडौको धुवा धुलो फोहोरमैलाले एक दिन व्यवस्थापन हुनेछ। त्यस अभियानको साथले देशले एउटा संदेश पाउनेछ कि अब यो देशमा बालबालिका पनि क्षमता भएका छन् उनीहरुको साथमा कोइ नभएपनि आर्थिक नैतिक र भौतिक हिसाबले म छु भन्ने जाहोस र केपी भाइ जस्ता अन्य भाईहरु जन्मिएको देख्न पाउ भन्दै भाइ हार र हरेष नखानु म जस्तो हजारौं दाइ-दिदि तिम्रो साथमा छ्न् र हुनेछन तिम्रो पौष २७ गतेबाट को cleanकाष्ठमण्डप अभियानलाई कोइ न कोइ साथ दिने संघ संस्था व्यक्ति मिल्नेछ्न तिमिले १७०० नपुगाएपनी १७०० को मनमा पुगाउन सफल हुनेछौ ।
धन्यवाद ।।
उहीँ तिम्रो प्यारो दाइ जनक सुनार
कैलाली