मरेका चौपायाहरुको व्यवस्थापन नहुदा समस्या

र्दुगन्धले पुर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु र स्थानिय वासिन्दाहरुलाई थप समस्या हुन थालेको छ

इन्द्र कार्की/
महेन्द्रनगर,भाद्र,२४     छाडा छोडिएका चौपायाहरु (गाई,गोरु) को उचित व्यवस्थापन हुन नसक्दा देखा परेका समस्याहरु छदै दैनिक तथा साप्ताहिक रुपमा मर्ने गरेका चौपायाहरुको र्दुगन्धले पुर्व पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु र स्थानिय वासिन्दाहरुलाई थप समस्या हुन थालेको छ । छाडा रुपमा रहेका चौपायाहरु रोगव्याधि, आपसी लडाइ, खेत मालिकको कुटाइ आदि कारणले मर्ने गरेका छन् । यसरी मरेका चौपाया राजमार्ग छेउछाउ तथा झाडिहरुमा देख्न सकिन्छ । जथाभावी रुपमा मरेका चौपायाहरुको उचित व्यवस्थापनमा हाल सम्म कुनै पनि निकायले चासो दिएका छैनन् । मरेका चौपायाहरुको व्यवस्थापन हुन नसक्दा यस वाट फैल्ने र्दुगन्धले यात्रुहरुलाई यात्रा गर्न र स्थानिय वासिन्दाहरुलाई सास्ती हुने गरेको छ । यसले गर्दा राजमार्गमा मुखमा मास्क लगाएर मात्र हिडन सकिने अवस्था आएको यात्रुहरु वताउछन् । मरेका चौपायाहरुलाई कुकुर, स्याल ले खाने तथा तिनका अंगहरु तानेर ति जनावरहरुले लैजाने गर्नाले समेत राजमार्ग वरिपरिको वातावरण प्रदुसित हुदै गएको छ । चौपायाहरुले खास गरि राजमार्ग र वजारका फराकिला र सफा सडकहरुलाई आफनो मुख्य वासस्थान वनाएका छन् । जसले गर्दा सवारी साधनहरु सञ्चालनमा समेत गाह्रो हुनुका साथै सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ । मरेका चौपायाहरुको व्यवस्थापनमा समयमै ध्यान नपु¥याउने हो भने विभिन्न सरुवा रोगहरु फैल्ने सम्भावना रहेको स्वास्थ्यकर्मिहरु वताउछन् । छाडा तथा मरेका चौपायाहरुको व्यवस्थापनमा मुख्य जिम्मेवार निकाय नगरपालिकाले समेत उदासिनता देखाएको स्थानियहरुको आरोप छ । वेला वेलामा चौपाया समस्या नियन्त्रणका लागि पहल गरेका यहाँका स्थानिय निकायहरुले ठोस कदम उठाउन नसक्दा समस्या समाधान हुन सकिरहेको छैन् ।