शिक्षामा दलीय राजनितीकको अन्त्य हुनु्पर्ने

घोराही शाखाको अध्यक्षमा शरदकुमार शर्मा

रोशन घर्ति
दाङ,भदौ,२४-
विद्यार्थीहरुमा देशभक्तिको भावना जागृत गराएर युवा वर्गलाई राष्ट्र र राष्ट्रियताप्रति सजक बनाउनुपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्ने सहभागीहरुले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनकालागि युवाहरु सचेत हुनुपर्ने ,शिक्षामा भएको दलीय राजनितीकको अन्त्य हुनु्पर्ने बताएका थिए ।


त्यसका लागि जिल्लाका प्रत्येक विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई देशको राष्ट्रियता,नेपाली सस्कृति,धार्मिक विविधता,मौलिक पहिचानका बारेमा जानकारी गराउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल सस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन सस्थानका डिन डा.सञ्जय पोख्रेलले विद्यार्थीहरुमा शैक्षिक ज्ञानसँगै राष्ट्रियताको माया हुनुपर्ने बताउनुभयो ।


प्राज्ञिक विद्यार्थी परिषद नेपाल घोराही कमिटिका कोषाध्यक्ष सरेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव छितराज न्यौपाने,बिनयकुमार मिश्रलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलमा हिन्दु स्वयमसेवक संघ नेपाल सस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका प्राधानाध्यापक प्रविण झा र प्राज्ञिक विद्यार्थी परिषद नेपालका केन्द्रीय सचिव छितराज न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।


प्राज्ञिक विद्यार्थी परिषद नेपालकी घोराही सदस्य सोनी चौधरीको स्वागत गीतवाट सुरुभएको कार्यक्रमको परिषदका सदस्य सुशिला सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका अन्तर्गतका कलेज तथा विद्यालयमा अध्ययनतरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


अभ्यास वर्गमा शरदकुमार शर्माको अध्यक्षतामा २७ सदस्यीय समिती गठन गरीएको छ । जसको उपाध्यक्ष यज्ञ बहादुर बस्नेत,सचिव रोशन घर्ति,सहसचिव शुसीला सुवेदी,कोषाध्यक्ष सम्झना रोका,छात्रा प्रमुख शोनी चौधरी,पत्रिका संयोजक तिर्थराज चौधरी,सदस्यहरुमा जानका गौतम,अर्जुन चन्द ठकुरी,राजेन्द्र गिरी,कृष्ण पोख्रेल,लेमन केसी,तुलसा घर्ति,भरत जि.एम.गोविन्द न्यौपाने,हरीमाया कठायत,मनकुमारी घर्ति,ज्ञानेन्द्र थापा,सर्मिला चौधरी,प्रतिक्षा ओली,राजकुमार थापा,मेघराज डाँगी,घनश्याम केसी,सिर्जनशिल खड्का,तिलका रावत,सर्मिला चौधरी,रञ्जना योगी रहनुभएको छ ।