दाङको शान्तिनगर गाउँपालिका- १ मा माअोवादी केन्द्रको प्यानल विजयी

दाङ,असार १५-

दाङको शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल नै विजयी भएको छ। महिला सदस्यमा विमी डाँगी (विमला), दलित महिला सदस्यमा कल्पना विक र सदस्यहरूमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन्। कुल मतदाता एक हजार ७३८ रहेको यस वडामा एक हजार ३५२ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ।