प्रधानमन्त्री नेपालगन्ज आउदै

डम्मर थापा मगर/

बाँके, कार्त्तीक,२६-

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी माहोललाई तताउन नेपालगन्ज आउनु हुने भएको छ । यही कात्तिक २८ गते बिहान उनी नेपालगन्ज आउन लाग्नु भएको हो ।

सोही दिन बिहान १० बजे नेपालगन्ज आइपुग्ने प्रधानमन्त्री देउवाले लगत्तै यसक्षेत्रका सुरक्षा निकायका प्रमुखसँग चुनावी सुरक्षाका विषयमा छलफल ग्रनु हुने छ ।

यस्तै दिउँसो १ बजे नेपाली काँग्रेस बाँकेको कार्यालयमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला सचिव कपिलदेव शर्माले जानकारी दिनुभयो ।