बाँके,कार्त्तीक,२७-
गन्तव्य खोज्दा खोज्दै समय सकियो
यस्तो लाग्यो जिन्दगीमा बिजय सकियो
राहत बाड्ने प्रस्तावमा बैठक बस्यो उता
पैले राहात सकियो पछि निर्णय सकियो
सम्झिन पनी छोड्यौ तिमीले टाढा हुदै गयौ
लाग्छ मलाई माया सकियो कि हृदय सकियो
ढपक्क छोपिदियो बादलले सूर्यलाई पनि
प्रकाश हरायो मानौ सूर्यको उदय सकियो

नाम : प्रकाश बिलभ (सङ्गम)
ठेगाना : कमल बजार नगरपालिका वडा न ७ अछाम
हाल : नेपालगंज बाँके