एयरगन सहित दुई जना पक्राउ

डम्मर थापा मगर/

बाँके, कार्त्तीक,२६-
संघिय प्रहरी ईकाई कार्यालय नेपालगंजले १ थान एयरगन सहित दुई जनालाई पक्राउ गरेको छ ।

 बांकेको राप्ति सोनारी गाँउपालिका वडा नं ६ ढलैया बस्ने २६ बर्षिय जय बहादुर ढाथोकी र नैनापुर गाउपालिका वडा नं. ५ बस्ने २५ बर्षिय गोपाल रोकाय लाई गएराति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय नेपालगंजको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुका साथबाट एयर गन १ थान सहित पक्राउ गरेको हो ।