कोरोनाका कारण वीरगञ्जमा ६० वर्षीय पुरुषको मृत्यु

फाईल तस्विर !!

बारा,भदौ,२३-नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका-१० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभएको छ ।

भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भदौ १४ गते नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।उनमा मधुमेहको समेत समस्या रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय १ पुगेको छ ।मन्त्रालययले सोमबार मात्र कोरोनाबाट ११ जनाले ज्यान गुमाएको पुष्टि गरेको थियो ।