नेपाल एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश, प्लेअफ खेल्नुनपर्ने

फाईल तस्विर !!

काठमाडौं,असार,२-नेपाल चीनमा आयोजना हुने एसियन कप -२०२३ कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ ।

एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै बुधबार सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ ।

एएफसीले बनाएको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । नेपालको विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना समाप्त भईसकेको छ ।

समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेको थियो । नेपालले चाईनिज ताईपेलाई दुबै खेलमा हराएको थियो ।

May be an image of text that says 'ATY ASIAN CUP TM 莫 TAJIKISTAN UZBEKISTAN KUWAIT M BAHRAIN TURKMENISTAN JORDAN PALESTINE MALAYSIA PHILIPPINES KYRGYZ REPUBLIC INDIA THAILAND SINGAPORE MONGOLIA AFGHANISTAN HONG KONG MALDIVES SRI LANKA NEPAL MYANMAR YEMEN BANGLADES BANG DESH AFC ASIAN CUP CHINA 2023 QUALIFIERS PLAY-OFF INDONESIA CAM CHINESE TAIPEI GUAM ASIAN CUP ASIAN CUP ASIAN CUP ASIAN CUP'

यस अघि छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । तेस्रो चरणको छनोटमा २४ टिमको सहभागिता रहनेछ ।

अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् । प्ले अफमा चाईनिज ताईपे, इन्डोनेसिया, कम्बोडिया र गुआमले खेल्नेछन् ।

प्ले अफका दुई टोलीले तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

No photo description available.