गृहमन्त्री सुधन गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं,वैशाख,९-गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ।

गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्नु भएको थियो।सोही दिन गुरुङ गृहमन्त्री नियुक्त हुनु भएको थियो।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनु भएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नु भएको थियो।

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनु भएको हो।