नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने अर्थमन्त्री महराको भनाई : व्यसायिहरुसँग बजेटका लागि सुझाव संकलन

विरेन्द्र जैशी
बाँके,माघ २८-नेपाल सरकारका उप–प्रधान एवं अर्थमन्त्रि कृष्णबहादुर महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन पहल गर्ने बताउनुभएको छ । आज नेपालगन्जमा आगामी आर्थिक वर्ष २०७४–७५ का लागि बजेट र राजश्व प्रणाली निर्धारणका लागि सुझाव संकलन गर्न आयोजित छलफल र अन्तकृया कार्यक्रममा अर्थमन्त्री महराले सो कुरा बताउनुभएको हो ।

महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने कामको सुरुवात अहिले देखि नै गर्ने र अर्काे वर्षको बजेटमा विमानस्थलका लागि बजेटको व्यवस्था गर्ने बताउनुभएको छ । नेपालगन्ज पश्चिम क्षेत्रको व्यापारिक हब एवं पर्यटकिय क्षेत्रमा जानका लागि ट्रान्जीट पोइन्ट भएको हुँदा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक रहेको भनि नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपालगन्ज व्यवसायिहरुले माग गरेपछि अर्थमन्त्री महराले त्यसमा आफु सकारात्मक रहेको बताउनुभएको हो ।

16651841_1128205413991723_679172058_nसाथै अर्थमन्त्री महराले नेपालगन्जमा बहुउदेश्यिय सभागृह निर्माण गर्ने र जडिबुटि प्रसोधन केन्द्र निर्माण गर्ने काममा समेत आफु गम्भीरतापुर्वक लाग्ने बताउनुभएको छ । एक फरक प्रसंगमा महराले सरकार स्थानिय निकायको चुनाव गराउन दृढताका साथ लागिरहेकोले निर्वाचन हुँदैनकी भनेर शंका नगर्न आग्रह पनिद गर्नुभएको छ । उप–प्रधानमन्त्री महराले वर्तमान सरकार सबै पक्षलाई समेटि निर्वाचनमा जाने मानसिकतामा रहेकोले निर्वाचनको मिती घोषणा हुन केहि ढिलाई हुन गएको आशय व्यक्त गर्नुभयो ।
यसैविच
अर्थमन्त्रलय राजश्व परामर्श समितिद्धारा आयोजीत उक्त छलफल तथा अन्तकृया कार्यक्रममा मध्यपश्चिमका विभीन्न जिल्लाबाट आएका उद्योगि व्यवसायिले कर प्रणालीलाई सुधार गर्नका लागि विभिन्न सुझावहरु दिएका छन् । व्यवसायिहरुले व्यसायिमैत्री करप्रणली बनाउन र राजश्व प्रशासनबाट व्यवसायिहरुसँग गरिने अभद्र व्यवहार अन्त्य हुनुपर्ने माग गरेका छन् ।

उनीहरुले अन्डरबिलिङ र ओभरबिलिङको समस्या समाधान गर्न, कर शिक्षालाई प्रभावकारी बनाउन, भुगोल अनुसार औद्योगिक विकासको निती अवलम्बन गर्न, बैंक ब्याजदरलाई न्युनिकरण गर्न र सहज ऋणको व्यवस्था गर्न, र निर्यात प्रवद्र्धनमा सहजता ल्याउने खालका कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् ।

व्यवसायीहरुले राजश्व प्रशासनले व्यवसायीलाई विभिन्न बाहनामा तर्साउने गरेको भन्दै व्यवसायीहरुलाई सम्मानपुर्वक व्यवसाय गर्न पाउने वातावरणको निर्माण गर्न पनि आग्रह गरेका छन् । व्यवसायीहरुका गुनासा सुझाव सुनिसकेपछि कार्यक्रममा उपश्थित सरकारी अधिकारीहरुले व्यवसायीका गुनासाहरुको सम्बोधन गर्न आफुहरु सकारात्मक रहेको तर व्यसायीहरुले पनि आफ्नो जिम्मेवारी इमान्दारीपुर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

साथै कार्यक्रममा व्यवसायीहरुमार्फत आएका सबै सुझावहरुको अध्ययन गरि आगामी वर्षको बजेटमा अधिकांश सुझावहरुको सम्बोधन हुनेगरि काम गरिने अधिकारीहरुले बताएका छन् । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव सान्तबहादुर सुवेदि, राजश्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरी अधिकारी, आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि भट्राई सँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायतको उपश्थिती रहेको थियो ।