शुक्ल पूर्णिमादेखि शुरु भएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन

बाँके,माघ, २८-हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्ने गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी समापन गरिएको छ । व्रत बस्ने प्रत्येक महिला÷पुरुषले महिनाभरी स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेको परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको छ । आज नदि तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा नुहाइधुवाइ एवम् पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो ।