सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं,माघ,१६- 

विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदैछ।

श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। आज देशभरीका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ।

विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका कार्यगर्दा साइत हेर्नु नपर्ने मान्यता छ। श्रीपञ्चमी पर्वका अवसरमा आज शिक्षण संस्थामा विदा दिइएको छ।