सन्तोष साहुखलको कीर्तिमानी सय गोल पूरा, कीर्तिमान रच्ने एक्लो खेलाडी

ब्रिगेडलाई हराउँदै थ्री स्टार शीर्ष तीनमा

काठमाडौं,पुस,२३-

फोटो साभार : नेपाल फुटबल यशोसियसनको फेशबुक पेजबाट

सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् ।

च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।जारी लिगका सुरुवाती दुई खेलमा तीन गोल गर्दै सन्तोषले गोल संख्या ९९ पुर्याए पनि त्यसपछिका दुई खेलमा भने गोल गर्न सकेका थिएनन् ।

२०६० सालमा थ्री स्टार क्लबबाट लिगमा डेब्यु गरेका सन्तोषले थ्री स्टारबाट मात्रै ६ सिजन खल्दै ५२ गोल गरेका छन् ।

सन्तोषले मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरीको एपीएफ र च्यासलबाट गोल गरेका हुन् ।जारी लिगको पाँचौ खेलमात्र भएकाले उनले कीर्तिमानलाई अझ बलियो बनाउने निश्चित छ ।

यससैबिच : थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरथित दशरथ रंगशालामा बुधबार भएको खेलमा १० खेलाडीमा सिमित ब्रिगेड ब्वाईज क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार शीर्ष तीनमा उक्लिएको हो ।

थ्री स्टारलाई जित दिलाउन सुशान्त श्रेष्ठ, अनन्त तामाङ र वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । ब्रिगेडका रोशन राना मगरले एक गोल फर्काए ।

जितसँगै थ्री स्टारले ५ खेलमा १० अंक जोडेको छ । दोस्रो स्थानको मछिन्द्र क्लबसँग अंक बराबर भएपनि गोल अन्तरमा थ्री स्टार पछि रहेको छ ।ब्रिगेड ५ खेलमा ६ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ ।