काठमाडौं,बैशाख,१३-विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या हजारौंले बढिरहेको छ ।
पछिल्लो तथ्यांक अनुसार १ लाख ९६ हजार ९ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।संक्रमितको संख्या भने २८ लाख २६ हजार ६ सय ७३ पुगेको छ । संक्रमितमध्ये ७ लाख ८१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख २३ हजार ६ सय १२ जना संक्रमित हुँदा ५२ हजार ९२ जनाको मृत्यु भएको छ ।स्पेनमा २ लाख १९ हजार ७ सय ६४ जना संक्रमित हुँदा २२ हजार ५ सय २४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९२ हजार ९ सय ९४ पुग्दा मृतकका संख्या २५ हजार ९ सय ६९ पुगेको छ ।फ्रान्समा १ लाख ५९ हजार ८ सय २८ जना संक्रमित छन् भने २२ हजार २ सय ४५ जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।बेलायतमा १ लाख ४३ हजार ४ सय ६४ जना संक्रमित हुदा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
भारतमा २४ हजार ४ सय ४७ जना संक्रमित हुंदा ७ सय ८० जनाको मृत्यु भएको छ ।त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ११ हजार९ सय ४० पुग्दा २ सय ५३ जनाको मृत्यु भएको छ ।(एजेन्सी)