समाजसेबी युवा मिलन मगरको पहलमा अलपत्र परेका बाराका बिद्यार्थी र मजदुरको उद्दार

काठमाण्डौं,बैशाख,१३-बारा जिल्लाका बिद्यार्थी तथा मजदुरलाई उद्धार गरिएको छ । पूर्व नेपाल मगर संघ क्युशु जापानका अध्यक्ष तथा निबर्तमान नेपाल मगर संघ समनय समिती २ नम्बर प्रदेस सचिब, मगर ग्रुप प्रा. लि. का संचालक मिलन मगरको पहलमा अलपत्र परेका हजारौ बिद्यार्थी र मजदुरको शुक्रबार उद्धार गरिएको थियो ।

युवा समाजसेवी : मिलन मगर (बारा) 

काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका जिल्लामा मजदुरी तथा अध्ययन गरिरहेका बारा जिल्लाका बिद्यार्थी तथा मजदुरहरुलाई उद्धार गरिएको थियो । उद्दार पछि काठमाडौंमा अलपत्र बनेका मजदुर तथा बिद्यार्थीहरु खुसी भएका थिए ।

उद्दार गरिएका विद्यार्थी तथा मजॅंदुर

लकडाउनको समय अवधी पुनह बढेपछि विद्यार्थी संगै बारा घर भइ काठमाडौं काम गर्दै आएका मजदुरहरुको अवस्थालाई मध्यनजर गर्दै उद्दार गरिएको मगरले बताउनुभयो ।पुनह नेपालमा लकडाउनको समय थपिएमा घर फर्किन नचाहाने र काठमाडौंमा समस्या भएका बारा जिल्ला बासीहरुलाई राहत समेतको बेबस्था गर्ने जानकारी दिनुभयो ।