बाँकेको टिहिरिया बालमैत्री गाविस घोषणा

 
बाँके,फाल्गुन १-बाँकेको टिहिरिया गाविसलाई बालमैत्री गाविस घोषणा गरिएको छ । विभिन्न सूचकहरुमा उत्कृष्ट रहँदै टिहिरिया गाविस बाँकेको पहिलो बालमैत्री गाविस घोषणा बनेको हो । २०६८ देखि सुरु भएको बालमैत्री अभियानले शनीबार सार्थकता पाएको हो । संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले टिहिरिया गाविसलाई बालमैत्री गाविस घोषण गर्नुभएको हो ।

टिहिरिया गाविस देशकै सातौं बालमैत्री गाविसको स्थानमा परेको छ । बालमैत्री घोषणा कार्यक्रममा गाविस सचिव,स्थनीयबासी,राजनीतीक दलका प्रमुख तथा प्रतीनिधी,सरकारी कार्यालयका प्रमुख तथा प्रतीनीधीको सहभागिता रहेको थियो ।