एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

बाँके,माघ २८-बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज बिद्यार्थीहरुलाई लक्षित गर्दै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आँखा अस्पताल सुर्खेतको र फतेवाल आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

क्याम्पसमा रहेका विद्यार्र्थीहरुमा आँखामा हुने समस्यालाई समाधान गर्न क्याम्पसले आँखा शिविर सञ्चालन गरिएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो ।