रक्तदान कार्यक्रम सम्पन्न

बाँके,माघ २८-रक्तदान नै जीवनदान हो भन्ने मुल नाराका साथ कैलपाल हस्पिटल एण्ड मेडिकल कलेज नेपालगञ्जले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

मध्य तथा सुदूरपश्चिम क्षेत्रका अस्पतालमा रगतको अभाव भइरहेको अवस्थामा त्यसलाई मध्यनजर गर्दै प्रत्येक बर्ष कलेजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको डाइरेक्टर रेवती सिंहले बताउनुभयो । त्यसक्रममा कलेजका ९० जना विद्यार्थीले रक्तदान गरेका थिए ।