फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर सीमानाकामा कडाइ

बैतडी,माघ २८-भारतको उत्तराखण्डमा फागुन ४ गते हुने विधानसभा निर्वाचनलाई लक्षित गरेर बैतडी, दार्चुलाका सीमानाकामा कडाइ गरीएको छ । अरुबेला भन्दा आजदेखि सीमामा जाँच कडाइ गरीएको सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ ।यस्तै दार्चुलामा भारतीय सुरक्षाकर्मीले दार्चुलाको सीमा नदी महाकालीमा रहेका अस्थायी तुइन झिकेको छ ।

तुइन झिकेपछि दार्चुला सदरमुकाम उत्तरका बासिन्दालाई आवतजावत गर्न निकै सास्ती भएको छ । सीमामा रहेको तुइन झिकेपछि दैनिक उपभोग्य सामग्री ल्याउन पनि कठिनाइ भएको दुहु क्षेत्रका बासिन्दाले बताएका छन् ।