खप्तड गोल्डकप फुटबलमा संकटालाई हराउदै एपिएफ विजयी

कैलाली,पुस,२६-

कैलालीको क्षेत्रीय रंगशाला धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतीयोगितामा सशस्त्र प्रहरी एपिएफ फुटबल क्लव विजयी भएको छ । आजको खेलमा सिएम सी क्लव संकटा लाई २-०गोल अन्तरले पराजीत गरेको हो ।

जितसँगै एपिएफ सेमीफाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो हापको २३ औं मिनेटमा नै एपिएफका खेलाडी श्याम नेपालीको क्रशपासमा अन्जान बिष्टले १ गोल गर्न सफल भएको थिए । पहिलो हापको खेलमा सिएम सी क्लव संकटाले गोल गर्न सकेन ।

फोटो साभार गोल्ड नेपालडटकमबाट

दोस्रो हापको खेलमा पनी एपिएफका अन्जन बिष्टले ८५ औं मिनेटमा थप १ गोल गर्दै टिमलाई जित दिलाएका छन्  । आजको खेलमा त्यती राम्रो प्रदर्शन गर्न नसकेको संकटा भने हार संगै खेलबाट बाहिरीएको छ ।

प्रत्येक खेलका म्यान अफ दि म्याचलाई दश दश हजारका दरले पुरस्कार प्रदान गरिएको छ । आज भएको खेलको ‘म्यान अफ द म्याच’ एपिएफका खेलाडी अन्जन बिष्ट भएका छन् । १२ ओटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।