खोटाङ्गकी किराती चेली सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा प्रबेश

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष २६-
ऐसेलुखर्क गाउपालिका १ राखाबाङ्गदेल खोटाङ्गमा जन्मीएकी सुशिला राई मिस राई २०१८ को भोटिङ राउन्डमा पुगेकी छिन् ।

किरातीहरुको नयाँ सम्बत यलेदोङ ५०७८ को अवसर पारि आयोजना हुने मिस राई (२०१८ छैठौं संस्करणको किरात राई मौलिक कला संस्कृति केन्द्रद्धारा आयोजित यस प्रतियोगितामा आम नाछिरिङ राईको नेतृत्व गर्दै राई भोटिङ राउन्डमा प्रबेश गरेकी हुन् ।

खोटाङ्गकी किराती चेली राईले आफुलाई भोट गरि मिस राई छनोट गराउन सबैमा अपिल गरेकी छिन् । भोट गर्नका लागी राईले म्यासेज बक्समा गई Mr टाईप गरि एक स्पेस दिएर 2 टाईप गरि 33001 मा सेन्ट गर्न आग्रह गरेकी छिन् ।