निम्जा सफ्टवेयर सर्विस प्रालिद्वारा अाश्रमलाई निशुल्क वेभसाईट प्रदान

नेपालगन्ज, फागुन, १९-
नेपालगन्जमा रहेको निम्जा सफ्टवेयर सर्विस प्रा-लि- ले नेपालगन्जमा रहेको निलसागर असहाय अशक्त जेष्ठ नागरिक सेवा केन्द्रलाई निशुल्क वेभसाईट बनाएर प्रदान गरेको छ ।

आइतबार एक कार्यक्रम गरि उक्त सफ्टवेयर प्रा-लि- ले निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता शर्मा तथा उपाध्यक्ष अमन पौडेललाई सो वेभसाईटको प्रमाणपत्र हस्तान्तरण गरिएको सफ्टवेयरका प्रवन्ध निर्देशक रमेश बि-सी- ले बताए ।

उक्त सफ्टवेयर प्रा-लि-का अध्यक्ष अाशिष चटौतले अब निलसागर असहाय अशक्त तथा जेष्ठ नागरिकका प्रत्येक निशुल्क www.neelsagaroldage.com बाट हेर्न सकिने बताए ।