काठमाडौं,असार,५-जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ।
मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो।
भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ।
नेपालको जितमा भीम सार्कीले ११४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेले ।