शनि संकटा मन्दिर निर्माणका लागि नेपालगन्ज १२ मा उपभोक्ता समिती गठन

नेपालगन्ज,चैत्र,१९-
नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर १२ स्थित चिल्ड्रेन पार्क नजिक रहेको शनि संकटा मन्दिर निर्माण गर्नको लागि मंगलबार उपभोक्ता समिती गठम गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बुद्दी सागर सुवेदिको अध्यक्षतामा मंगलबार वडा १२ अगुवा बुद्धिजीवीहरुको भेलाले समितिको अध्यक्षमा नारायण प्रसाद शर्मालाई चयन गरेको हो।

त्यस्तै उपाध्यक्षमा टंकनाथ पौडेल ,सचिवमा हरिबाबु घिमिरे,कोषाध्यक्षमा विष्णुमाया थापा,सह-सचिवमा लक्ष्मी खड्का रहनु भएको वडा सदस्य तरुण बद्राचायले जानकारी दिनु भयो ।
साथै उक्त समितिमा भरत राणाभाट,कोइली चिडिमार,बुद्दिमती थारु र राम प्रसाद भट्टराई सदस्यको रुपमा रहनु भएको छ। त्यस्तै अनुगमन समिति समेत गठन गरिएको छ