नेपालगंजलाई बालमैत्री बनाउन जोड

बाँके,पुस २९-नेपालगंज उपमहानगरपालीकालाई सुन्दर,बाताबरण,बालमैत्री तथा विकासमुखी बनाउनका लागि अनुरोध पत्र पेश गरिएको छ । तत्कालीन पुनरावेदन अदालत नेपालगंजबाट परमादेश रिटमा नेपालगंज क्षेत्रमा चिल्ड्रेन पार्क निमार्णका लागि आदेश भएकोमा उक्त आदेश कार्यान्वयन गरी तत्काल प्रत्येक बडामा चिल्ड्रेन पार्क बनाउनका लागि बजेट छुट्याई माग गरिएको छ ।

निवेदकहरु अधिवक्ता विश्वजीत तिवारी,बल बहादुर चन्द,सुनिल कुमार श्रेष्ठले नेपालगंज उपमहानगरपालिकालाई विपक्षी बनाई परमादेश मुद्दा दायर गरेकोमा सो उपर भएको आदेश हाल सम्म कार्यान्वयन भएको छैन ।आदेशमा उपमहानगरपालिका क्षेत्र भित्र थाभावी होडिङ बोर्ड,पर्चा पम्पलेट टास्न रोक लगाएको र नागरिकको प्रदुषण हुन नदिनका लागि पुनरावेदन अदालत नेपालगंजले गरेको आदेश कार्यान्वयन माग अघि सारिएको हो ।

साथै निवेदक अधिवक्ता लोक बहादुर शाह,बहादुर चन्दसमेत भएको परमादेश मुद्दा नगरपालिका क्षेत्र भित्र ध्वनी प्रदुषण हुन नदिनका लागि अदालतले आदेश गरेको फरक मुद्दामा बाटो,ढल निकास समेत उचित निमार्ण,गर्न २०६७ सालमा आदेश भएपनि कार्यान्वयन हुन बाँकी रहेको पाईएको छ । उपमहानगरपालिकालाई अदालतकाट भएको विभिन्न आदेशहरु कार्यान्वयन गरी काम गर्न परिषदमा अनुरोध पत्र दाखिल गरेका छन् ।