गगन थापा नेपाली कांग्रेसको पार्टी प्रवक्ता बन्ने

काठमाडौं,कार्त्तीक,७-

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा आएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको छ ।

पार्टी सभापति निर्वाचित भएको झण्डै एक वर्ष हुन लाग्दा पनि पार्टी पदाधिकारीसमेत पूर्णता दिन नसकेका देउवाले चुनावमा मुखमा आएर कांग्रेसका प्रखर वक्ता मानिने थापालाई प्रवक्ता बनाउन लाग्नु भएको हो ।

पार्टी सभापति देउवा आफैले थापालाई पार्टी प्रवक्ताका लागि प्रस्ताव गरेका थापाका प्रेस संयोजक जीवन भण्डारीले बताउनुभयो । 

नेपाल लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराउँदै कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदारलाई समेत महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेका देउवाले पूर्व स्वास्थ्यमन्त्रीसमेत भएका थापालाई पार्टी प्रवक्ता बनाउन लाग्नु भएको हो ।

मिडिया क्षेत्रमा पहुँच बनाएका र प्रखर वक्ताका रुपमा स्थापित थापालाई प्रवक्ता बनाउने निर्वाचन प्रचारमा उपलब्धि हुने देउवाको विश्वास छ । 

थापा पार्टी महाधिवेशनमा देउवा क्याम्पबाटै अलग्गै रहेका कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार हुनु भएको थियो । रामचन्द्र पौडेल समूहका शशांक कोइरालासँग थापा पराजित हुनुभएको थियो ।