चर्चित मोडल थापा बने प्रदेशी , आफ्नो माया गाउमा बिरामी

सिर्जना बर्देवा/
ओखलढुंगा ,भाद्र २०-
चर्चित मोडल बुद्धबिर थापा प्रदेशी बनेका छन् । नेपालीहरुको महान पर्ब बिजयदशमी नजिकी रहदा सबै प्रदेशी घर फर्किने क्रम बढि रहेको छ तर थापा भने आफ्नो जन्म भुमीलाई छाडेर प्रदेशी भएका हुन् ।

बिजयादशमीको अबसरमा गितसंगीत बजारमा आउने क्रम जारी रहेको छ यसै क्रममा थापाको अभिनयमा “प्रदेशीको जुनी” बोलको गित सार्बजनिक भएको छ । यसै म्युजिक भिडियोमा थापा प्रदेशी बनेका हुन् ।प्रदेशीको कथा व्यथालाई समेटेर तयार भएको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो ।

निक्कै मन छुने उत्कृष्ट भिडियो रहेको यस गितमा सर्जक कृष्ण बस्नेतको शव्द सिर्जना र कमल मगरको उत्कृष्ट लय सिर्जना रहेको छ । चर्चित गायक गोपाल नेपाल जि.एम र गायीका मुना थापा मगरको सुमधुर स्वर रहेको छ । कृष्ण बस्नेतको प्रस्तुती यस गितमा थापा र चर्चित मोडल आशा खड्काको उत्कृष्ट अभिनय रहेको छ ।

चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन रहेको यस म्युजिक भिडियोको छायाँकन बासु बरालको रहेको छ भने भिडियोको सम्पादन मिलन बि.कले गरेका छन् । बि.स्टार फिल्मसले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो गायक जि.एमको युटुव च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडीयो हेर्नुहोस् ।