आजबाट नयाँ वर्ष २०२५ सुरु, जापानमा भव्य स्वागत

फाईल तस्विर !!

टोकियो,पुष,१७-अंग्रेजी नयाँ वर्ष सन् २०२५ आजबाट सुरु भएको छ।आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ सालको सुरू भएको हो।

जापान सहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्दै मनाएका छन्।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न सांगितीक कार्यक्रमहरु आयोजना भइरहेका छन्।यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ।

नयाँ वर्ष सन् २०२५लाई जापानले पनि भव्य रुपमा स्वागत गरेको छ।जापानमा नयाँ वर्ष मनाउन विश्वभरका मान्छेहरु आउने गर्दछन्।

यसैविच जापानको सिनओकुबो टोकियो स्थित नेपालीको निकै बाहुलीयता भएको ठाँउमा रहेका नेपाली रेष्टुरेण्टहरुमा नयाँ वर्षको चाप निकै बढेको छ।

नयाँ वर्षको अवसरमा जापानका मुख्‍य शहरहरूमा शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेको छ।

यस्तै : नयाँ वर्ष सुरु भए लगत्तै विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना समेत गरेका छन्।